आज भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना

SITENAME

रेडियो सुदुर आवाज  

मंगलबार जेठ २९, २०७५  काठमाडौं – संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको छ । संवैधानिक परिषदको बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएकाले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको हो ।

परिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । गएको फागुन ३० गतेदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीसको भरमा चलिरहेको छ ।

आजको बैठकले कायममुकायम प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबरामध्ये एकजनालाई प्रधानन्याधीसका लागि सिफारिस गर्ने सम्भावना छ । 

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा कानूनमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुन्छ्न्।

संवैधानिक परिषद्ले सिफारिस गरेका ब्यक्तिलाई संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने ब्यवस्था  छ । -उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

आज काग तिहार, यमपञ्चक सुरु

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो

SITENAME

आज उपराष्ट्रपति पुनको चियापान कार्यक्रम

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना

SITENAME

आज शोभाभगवतीमा तुलाधरको अन्त्येष्टि

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको