आज भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना

SITENAME

रेडियो सुदुर आवाज  

मंगलबार जेठ २९, २०७५  काठमाडौं – संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको छ । संवैधानिक परिषदको बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएकाले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको हो ।

परिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । गएको फागुन ३० गतेदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीसको भरमा चलिरहेको छ ।

आजको बैठकले कायममुकायम प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबरामध्ये एकजनालाई प्रधानन्याधीसका लागि सिफारिस गर्ने सम्भावना छ । 

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा कानूनमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुन्छ्न्।

संवैधानिक परिषद्ले सिफारिस गरेका ब्यक्तिलाई संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने ब्यवस्था  छ । -उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

नेपालगञ्जमा रौनक ; इद उल फित्रको

रेडियो सुदूर आवाज शनिबार  असार ०२, २०७५ गोविन्द शर्मा बाँके – इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन नेपालगञ्जमा शनिबार

SITENAME

एम्बुलेन्स पुलमा ठोक्किदा चालकको मृत्यु

रेडियो सुदूर आवाज शनिबार  असार ०२, २०७५ धनुषा – धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा शहिद

SITENAME

निर्माणाधीन अरुण तेश्रोको सुरुङ भित्र ४ जना कामदारको मृत्यु

रेडियो सुदूर आवाज शनिबार असार ०२, २०७५ संखुवासभा – अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको