संसारकै अग्लो भागवती माताको मुर्ति निर्माण कार्य सकिदै 

SITENAME

मंगलवार जेठ २९, २०७५ पुष्कर भण्डारी 
डडेल्धुरा- धार्मिक पर्यटकलाई टेवा पु¥याउने लक्ष्यका साथ निर्माण थालिएको संसारकै सबै भन्दा ठुलो भवगवतीको मुर्ति निर्माण कार्य सकिदै छ । नवदुर्गा गाउपालिका १ र २ नं. वडाको मध्य भागमा पर्ने प्राचिन मष्टा भगवतीको मन्दिर परिसरमा थालिएको मुर्ति निर्माणको काम सकिन लागेका हो । 
३५ लाख लागतमा संसार कै सबै भन्दा अग्लो भगवतीको मुर्तिको उचाई ४५ फिट रहेको मष्टा भगवती क्षेत्र विकासस समितीले जानकारी दियो । निर्माण कार्यको थालनी गरिदा कुनै पनि निकाय बाट बजेट विनियोजन नै नभए पछि मुर्ति निर्माणमा स्थानिय एवं धार्मिक आस्थावान दाताले चंदा सहयोग गरि रहेका थिए । आर्थिक समिती गठन गरी विभिन्न निकाय तथा व्यक्तिहरु बाट रकम संलन गर्दै मुर्ति निर्माणको काम अन्तिम चरणमा पु¥याएकको निर्माण समिती आर्थिक संयोजक गोकुल शाहीले बताए । 
मुर्ति निर्माणको काम अन्तिम चरण पुगे पनि अहिले सम्म ११ लाख जती रकम मात्रै संकलन भएको शाहीले बताए । चालु आर्थिक बर्षमा नवदुर्गा गाउपालिका बाट दुई लाख र अन्य दाताहरु बाट गरी ११ लाख जति रकम संकलन भएको छ, आर्थिक संयोजक शाहीले भने, आगामी दिनमा पनि नवदुर्गा सरकार तथा पर्यटन मन्त्रालय बाट आश्वासन मिले छ, अब आउने मष्ठा भागवतीको मेला सम्म हामि भगवती माताको मुर्ती निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य बोकेकाछौ । 
मन्दिरमा मुर्ति निर्माण गर्ने भनिए पछि गुगलमा गरिएको सर्चले भगवतीको ३०–३५ फिट अग्लो मुर्ती मात्रै देखाए पछि संसारकै सबै भन्दा अग्लो मुर्ति निर्माणमा जुटेको शाहिको भनाई छ । बाघ वहन गरेको ४५ फिट अग्लो भगवती माताको मुर्ति निर्माणले धार्मिक आस्था संगै आन्तरिक बाह्य पर्यटनलाई मष्टा भगवती मन्दिर क्षेत्रले आकर्षित गर्ने विश्वास शाहिको छ । 
मष्टा भगवती मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब १४ किलोमितरको दुरीमा पुर्व पट्टि रहेको छ । डडेल्धुरा–नवदुर्गा सडकको छेउमै रहेको मन्दिरमा भगवती माताको मुर्ती निर्माण थालिए पछि पर्यटकको आकर्षण गन्तव्यका रुपमा विकास हुने जन अपेक्षा छ । 
मष्टा भगवती मन्दिरमा प्रत्येक बर्ष पुस महिनाको पुर्णिमाका दिन भव्य मेला संगै धुमधाम संग पुजाआजा गरिन्छ । 
फोटो–निर्माणाधिन भगवती माताको मुर्ती ।

प्रतिकृया दिनुहोस
SITENAME

दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला

SITENAME

अमरगढी नगरपालिका सरसफाईमा जोड

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – अमरगढी नगरपालिकाले सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रको सरसफाईमा जोड दिएको छ ।

SITENAME

दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना

रेडियो सुदूर आवाज असोज ३०, २०७५ डडेल्धुरा – दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना गरिएको छ । हिन्दु