माओवादी एमालेको काम नेपाली जनतालाई दुःख दिने मात्र हो ; पुर्व प्रधानमन्त्रि देउवाको भनाई

SITENAME

रेडियो सुदुर आवाज  

शनिबार जेठ २६, २०७५ डडेल्धुरा – नेपाली कांग्रेस पार्टी सभापती शेर बहादुर देउवाले कांग्रेस कडा रुपमा विपक्षिको भुमिका निर्वाह गरी रहेको बताए । कांग्रेस जिल्ला कार्य समिती डडेल्धुराको जिल्ला सम्मेलनमा सहभागि हुन गृह जिल्ला डडेल्धुरा पुगेका पुर्व प्रधानमन्त्रि तथा सभापती देउवाले कांग्रेसले कडा विपक्षिको भुमिका निर्वाह गर्दै अघि बढेको बताए । सम्मेलन पुर्व सदरमुकाम डडेल्धुरामारेडियो सुदूर आवाज संग संक्षिप्त कुराकानि गर्दै उनले विपक्षिको भुमिका प्रभावकारी रुपमा अघि बढि रहेको बताए । 


एमाले र माओवादी मिलेर बनेको नेकपा पार्टीको नेतृत्वको सरकारले जनतालाई दुःख दिएको बताउदै उनले भने, दुःख दिन बाहेक माओवादी र एमाले लाई अरु केही आउदैन, जनताले विस्तार विस्तारै बुझ्छन । आर्थिक बर्ष २०७५/०७६ को बजेटले जनतालाई बोझ थप्ने काम गरेको छ, यो सरकारको काम नेपाली जनतालाई दुःख र बोझ थप्ने काम त होनी  ।  
कांग्रेस भित्रका अन्तर्धाति लाई कार्वाही नभए पार्टि नचल्ने बताउदै सभापति देउवाले अन्तर्धातीलाई कार्वाही भएर छाड्ने बताए । 


डडेल्धुरालाई सात नं. प्रदेशको राजधानि बनाईनु पर्ने यँहाका स्थानियकोहरुको मागका बिषयमा सभापती देउवाले आफुले बनाउन नसक्ने बताए । उनले हास्दै भने, डडेल्धुरा राजधानि बनाउन सक्छु मैले, पत्याउने कुरा गर्नु प¥यो नि । सबका सबै रिसाएका छन । काँ सक्छु राजधानि बनाउन मैले । डडेल्धुराको विकास भयो भने, अझ राम्रो भयो भने, सडक बाटो चौडा भयो भने, सुदुरपश्चिमको एउटा पर्यटकिय क्षेत्र हुन सक्छ । रियल कुरा के भने डडेल्धुरा जस्तो सुन्दर ठाँउ कही पनि छैन ।

राजधानि बनाउने सकिने स्थितीको कुरा आउछ ।  अब भोलिका दिनमा बर्खे राजधानि बन्न सक्छ । हिउदमा तल धनगढी बर्खामा डडेल्धुरा । भोलिका दिनमा विकास भयो भने । ठुला ठुला हल भयो भने, एउटा हल पनि छैन डडेल्धुरामा । हलहरु बन्नु प¥यो पर्लियामेन्ट बसोस न । पर्लियामेन्ट बस्ने हल चाहियो नि । त्यो भयो भने भोलिका दिनमा बर्खे राजधानि बन्न सक्छ ।  
डडेल्धुरा राजधानि बनाउने मेरो सबभन्दा बढी ईच्छा थियो । देउवाले भने, अरुले आफ्नो जिल्ला डडेल्धुरा लग्यो भन्ने, आरोप लगाउने, यहा पनि केही नहुने, पुर्वाधार पनि छैन । त्यस कारण सुन्दर जिल्ला छ, विकास गर्न सक्यो भने बर्खे राजधानि बनाउन सकिन्छ । 


अन्य पहाडी जिल्लाका तुलनामा डडेल्धुरामा थुप्रै विकास भएको बताउदै सभापती देउवाले एयरपोट निर्माणका लागी अजयमेरुमा अध्ययन अनुसन्धान भएको बताए । एयरपोट छैन भन्ने गुनासो यहाका स्थानियको हो, देउवाले भने, धेरै ठाँउमा अध्ययन अनुसन्धान भएको हो, चमडामा उपयुक्त छ भन्ने रिपोर्ट आएको छ । अब बन्छ ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

पुष्कर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भईरहेको छ । सामुदायिक वनका पदाधिकारी,  खोटो

महिला हिंसा विरुद्ध प्राज्ञिक बिद्यार्थी परिषदको ¥याली

दिपेन्द्र अवस्थी आईतबार साउन २७, २०७५ डडेल्धुरा- महिला माथि श्रङ्खलाबद्ध तथा सुनियोजीत तवर बाट भईरहेका बिभिन्न हत्या तथा हिंसाको विरोधमा ¥याली

SITENAME

युवा लाई उत्पादन मुखि बनाउन तर्फ जोड

रेडियो सुदूर आवाज आईतबार साउन २७, २०७५ डडेल्धुरा- युवाहरु लाई उत्पादन मुखी बनाउन तर्फ जोड दिईएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा अमरगढी