क्यानडामा भएको जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्प एक्लिए

SITENAME

रेडियो सुदुर आवाज 
शनिबार जेठ २६, २०७५ काठमाडौं  – सम्पन्न मुलुकहरुको समूह जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् ।

क्यानडामा भएको जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले रसियालाई पनि समूहमा सहभागी गराउनुपर्ने आकस्मिक प्रस्ताव गरेपछि उनी एक्लिएका हुन ।

बैठकमा राष्ट्रपति ट्रम्पले रुसलाई जी–सेभेन समूहमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेका थिए। यसअघि पनि सोही समूहमा रहेको रुसलाई अन्य मुलुकहरुले क्रिमियालाई रुसमा गाभेपछि निस्कासन गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको प्रस्तावपछि जर्मनीका चान्सलर एन्जिला मर्केलले अरु युरोपियन मुलुकहरु रुसलाई ल्याउन कुनै पनि हालतमा सहमत नहुने बताए । त्यसैगरी बैठकमा अमेरिकाले हालै लगाएको स्टिल र आल्मुनियममाथिको करका विषयमा पनि चर्को आलोचना भएको छ ।

क्यानडाका राष्ट्रपति जस्टिन टुडोले अमेरिकाले स्टिल र आल्मुनिया आयातमा लगाएको नयाँ कर गैरकानुनी भन्दै आलोचना गरे । उनले इरानसँगको परमाणु सम्झौता र जलवायु परिवर्तनका मुद्दामा अलग हुने अमेरिकी निर्णयको आलोचना गरे ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले पनि अमेरिकाले चालेका कदम प्रत्युत्पादक भन्दै त्यसलाई सच्याउन सुझाव दिए । ट्रम्पले भने स्टिल र आल्मुनियममा लगाएको कर यथावत रहने र यो निर्णयमा फेरबदल नहुने प्रतिक्रिया दिएका छन् । यद्यपी फ्रान्सेली राष्ट्रपतिले धेरै विषयमा कुरा भइरहेको र व्यापारको विषयमा पनि प्रगति गर्ने सम्भावना अझै बाँकी रहेको बताए ।

बैठकमा सदस्य मुलुकहरुबीच आरोप प्रत्यारोप भएपछि संयुक्त वक्तव्यसमेत जारी नहुने अड्कल गर्न थालिएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने वक्तव्य जारी हुनेमा आफू विश्वस्त भएको बताए ।

जी–सेभेन समूहमा क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, इटली, जापान र जर्मनी रहेका छन् । यी मुलुकले विश्व व्यापारको करिब ६० प्रतिशत हिस्सा ओगट्ने गरेका छन् ।९रासस०

प्रतिकृया दिनुहोस
SITENAME

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकोप घोषणा

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले

SITENAME

लाओसमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी लाओस- लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर

SITENAME

राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला ट्रम्पले रुसको बचाउ गरे

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको