सार्वजनिक निर्माणका काम नै मुख्य प्राथमिकतामा 

SITENAME

बुधवार जेठ २३, २०७५ पुष्कर भण्डारी


पहिले गांखेत गाविसको अध्यक्ष हुनु भएको थियो ? संघियता पछि अहिले तपाई गाउपालिका अध्यक्षमा निर्वाचित भएको पनि १० महिना भई सक्यो ? कसरी सञ्चालन गरि हरनु भएको छ आलिताल गाउपालिका लाई ?
पहिले केन्द्रमा एउटै सरकार थियो । जिल्ला बाट आएका निर्देशन अनुसार काम गर्नु पथ्र्यो भने अहिले फरक छ । आफै कतिपय नियम कानुन बनाई काम गर्नु परेको छ । बजेट थोरै हुन्थ्यो अहिले बढी छ । चुनौती पनि छ अवसरहरु पनि छन । अनि यो १० महिनाको सुरु सुरुमा अलि अन्यौल थियो । अब अन्यौलहरु हट्दै गएका छन । अहिले हाम्रा योजना कार्यक्रमहरु राम्रो ढंगले भई रहेका छन । 


तपाई एउटा व्यवसायी पनि हो ? व्यवसाय बाट जनप्रतिनिधी भएर आउदा कस्तो लाग्यो ?
म व्यवसायी भए पनि २०५४ सालमा वडा अध्यक्ष भएर जनता संग काम गरेकाले खासै गाह््रो अप्ठेरो भएन । कर्मचारी साथीहरु बाट राम्रो साथ पाई रहेको छु मैले । तर दरबन्दि अनुसारको पदपुर्ति हुन नसक्दा समस्या छ । एउटै वडा सचिवले दुई भन्दा बढी वडा हेर्नु पर्ने भएका कारण योजना तथा विकासका काममा अलि ढिलाई हुनुका साथै सेवा ग्राहीले पनि समयको समस्या खेप्नु परेको छ । 


चालु आर्थिक बर्षमा मुख्य प्राथमिकता के लाई दिएर काम गर्दै हुनुहुन्छ ?
सार्वजनिक निर्माणका काम नै मुख्य प्राथमिकतामा छन । त्यसमा पनि ग्रामिण सडक नै प्राथमिकतामा छन । टोल, वस्ति, गाउ, वडा बाट योजना छनौट गरिदा सडक नै माग भई आएकाले सडक निर्माणको काम लाई प्राथमिकता दिईएको हो । हुन पनि सडक नहुदा अन्य विकासका काम गर्न पनि गह््रो । त्यसैले बढी बजेट चार करोड सम्म सडक निर्माणमा विनियोजन गरेका थियौ ।


चुनावका बेला मत माग्न जाँद मतदाता संग विभिन्न बाचा गर्नु भएको होला ? गरेका बाचा पुरा गर्न काम सुरु गर्नु भयो कि भएन ?
जे बोलेका थियौ बिर्सेका छैनौ । कामको सुरुवात संगै सबै गाउ वस्तिमा कुनै न कुनै योजना परेकाले स्थानिय सामु अहिले पनि जाँदा खुसी छन । स्थानियका सडक, बाटो घाटो, शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानिका माग थिए अहिले तिनै कामहरु कति पय भई सके कतिपय हुदै छन । गाउपालिकाको गुरु योजना बनाएर अघि बढ्दै छौ ।


आलितालको चालु आर्थिक बर्षको कुल बजेट कति हो ? आय श्रोत के छन ? वडामा कति कति बजेट विनियोजन गर्नु भएको थियो ?
कुल बजेट हाम्रो २३ करोड ९५ लाख र आन्तरिक आय ३० लाखको अनुमान गरेका थियौ । अहिले सम्म आन्तरिक आय ६० प्रतिशत सम्म संकलन भएको देखिन्छ । प्रत्येक वडा लाई हामिले एक÷एक करोड बजेट विनियोजन गरेका थियौ ।


कतिपय कानुन स्थानिय निकाय आफैले बनाउनु पर्ने हुन्छ ? आलितालले कति कानुन बनायो ? कति बनाउन बाँकी छन ?
थुप्रै कुराहरुको ड्राफ्ट तयार भई सकेको छ । मन्त्रालय बाट उपलब्ध फर्मेट लाई आधार मानेर हामिले ६/७ वठा फाईनल भई सकेका छन । विपदमा परेका लाई आर्थिक सहयोग गर्ने एउटा कार्यविधी बनाएर पास ग¥यौ । भ्याकोलोडर सञ्चालनको कार्यबिधि पनि पास गरेका छौ भने आर्थिक बार्यबिधि गरी अन्य पनि पास गरि सकेका छौ । अन्य थुप्रै बनाउन बाँकी छन ।


आलिताल गाउपालिका प्राकृतिक विपदको जोखिम भएको क्षेत्र हो । विपद जोखिम व्यवस्थापन गर्न कुनै योजना सञ्चालन गर्नु भयो कि भएन ?
विभिन्न संघ संस्थाले पनि यसमा काम गरि रहेका छन । हामि संग जोखिममा परेका लाई उद्धार गर्न केही अति आवश्यक सामाग्रीहरु पनि छन । विपद व्यवस्थापनका लागी हामिले ७० लाख बढी बजेट विनियोजन पनि गरेका छौ । यसमा नदी नियन्त्रण र विपद व्यवस्थापन भनेर आपत कालिन कोष स्थापना गरेका छौ । कतिपय स्थानमा तार जाली लगाउने काम पनि भई रहेको छ । बाढी पहिरोको जोखिम कम गर्न बृक्षारोपण अभियानका रुपमा सञ्चालन गर्ने योजना छ । यस बर्ष मात्रै दालचिनी, कल्की फुल लगायत विभिन्न जडीबुटीका बोट विरुवा संगै विभिन्न प्रजातीका डाले घाँसका ७० हजार विरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेका छौ । 


१० महिनाको अबधीमा परिणाममा देखिने गरी स्थानिय हर्षित हुने के के काम गर्नु भयो ?
थुप्रै कामहरु देखिएका छन स्थानिय खुसि पनि छन । गाउपालिकाको एउटा भवन निर्माण गरेका छौ । चुनावताका समय सबै वडाहरुमा हिडेर गएका थियौ अहिले वडा नं. ३ को सदरमुकाम चौड बाहेक ७ वटै वडाका गाउमा गाडी चढेर पुग्न सक्छौ । अन्य सिचाई, खानेपानि, सामुदायिक भवन, काठे पुल निर्माणका काम पनि भएका छन । लग भग ७० प्रतिशत योजना सम्पन्न भएका छन । 


आलितालका मुख्य चुनौती र अवसरहरु के के हुन ?
थुप्रै चुनौतीहरु छन । यो एउटा चुरे क्षेत्र हो । माटो जमिन कच्चा छ । बाढी पहिरोको जोखिम क्षेत्र हो । अझै कतिपय गाउ सम्म सडक पुगेका छैन्न । दुर्गम दुर्गम स्थानमा वस्ति छन । खानेपानि, शिक्षा, स्वास्थ्य, सिचाईका अनि बरोजगारीका समस्या छन । तर पनि चुनौती बिच अवसरहरु पनि थुप्रै छन । प्राकृतिक श्रोत साधान आलिताल धनि छ । ढुंगा, गिट्ट, बालुवाका स्रोतहरु खेर गई रहेका छन । यस लाई व्यवस्थापन गर्न सके आयस्रोत बृद्धि गर्न सकिन्छ । सालको काठका लागी प्रशिद्ध ठाउ पनि हो । कृषि पशुपालनमा पनि राम्रो छ । मौरी पालन र बाख्रा पालनको पकेट क्षेत्र हो भने गाई पालनको राम्रो सम्भावना भएको क्षेत्र हो । पर्यटकिय क्षेत्र आलितालको आफ्नो अलग्गै मोह छ । आलितालका लागी ७० लाख जती बजेट जुटाई तालको चारै तिर पैदल यात्राका लागी १२ सय मिटर फुट ट्र्याक निर्माण गरि सकेका छौ । पिकनिक स्पोटका लागी तिन वटा घरहरु, शौचालय तालको तल पट्टि बनि रहेका छन भने, आरामका लागी गोल घर छाहारी घर बनि रहेका छन, ढुंगा सञ्चालन गर्ने योजना छ । आलिताल सम्मको सडक मर्मतका लागी ३५ लाख बजेटमा काम हुदै छ, जाने बाटोमा लाईट बोर्ड राख्ने तयारी छ  । यस बाहेक अन्य स्रोत साधानहरुको खोजी गरी रहेका छौ ।  आलिताललाई प्राकृतिक सौन्दर्य संगै कृर्षि, पशुपालन, पर्यटन क्षेत्रका रुपमा चिनाउने प्रयासमा हामि छौ । 
 
 

प्रतिकृया दिनुहोस
SITENAME

जनमैत्री काम भएका छन 

  पुष्कर भण्डारी सोमबार भदौ ११, २०७५ रेडियो सुदूर आवाज भागेश्वर डडेल्धुरा- बिद्यार्थी राजनिती बाट स्थानिय प्रतिनिधीको उमेदवार पछि भागेश्वर

SITENAME

भु–क्षय बाढी पहिरो भित्रि मधेशको मुख्य चुनौती

शुक्रवार जेठ २५, २०७५ रेडियो सुदूर आवाज डडेल्धुरा- हामि संग जे जती स्रोत साधन र बजेट छ त्यो अनुसारका योजना सञ्चालन गर्छौ । रंगुन नदी तट बन्धको गुरु

SITENAME

स्मार्ट सिटी घोषणा गराउन कार्यान्वयन तर्फ अघि बढ्दै छौ

बिहिबार जेठ २४, २०७५, रेडियो सुदूर आवाज स्थानिय निकायको निर्वाचनका समयमा अमरगढी स्मार्ट सिटीको नारा लगाई डडेल्धुराको ईतिहासमा पहिलो पटक कम्युनिष्ट