उत्तर कोरियाका नेता र अमेरिकी राष्ट्रपतिको भेटवार्तामा सुरक्षाको त्रास ः

SITENAME

अमेरिकाका जासुसीका प्रमुखले अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा ठूलो चुनौति रहेको बताएका  छन् ।

‘राष्ट्रपति ट्रम्प कुनै थ्रिएटरका लागि  नाटक गरिरहनु भएको छैन’, आइतबार अमेरिकी जासुसीका प्रमुखले फक्स न्यूजलाई भने, ‘उहाँ समस्याको समाधान गर्न लागिरहनुभएको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको वार्ता विश्वका लागि ठूलो उपलब्धि रहेको बताउनुभएको छ ।
तर, ट्रम्पका आलोचकहरुले उक्त बैठक निराशामा टुङ्गिए विश्वमा पहिलाको भन्दा ठूलै खतरा आउने चेतावनी दिएका छन् । पदमा रहेका बेला अमेरिकाका कुनै पनि राष्ट्रपतिले उत्तर कोरियाका नेतासँग यस्ता गम्भीर विषयमा भेटघाट गरेका छैनन् । तर, ट्रम्पले दक्षिण कारियाको पहललाई स्वीकारेर वार्ता गर्न सहमत भएका हुन् । ट्रम्पको उक्त निर्णयप्रति उनकै प्रशासन अचम्ममा परेका थियो ।

विश्वभर उत्तर कोरियाको आणविक कार्यको बिरोध भैरहेको बेलामा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्तालाई सबैले महत्वका साथ हेरेका छन् । सन् २००३ देखि नै उत्तर कोरियाले आणविक हतियारको सन्धि उलङ्घन गरे पनि उक्त विषयमा विश्वले छलफल र वार्ता गर्न असफल भएको थियो । अमेरिकाको ‘सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी’का निर्देशक माइक पोम्पीयोले उत्तर कोरियाको अर्थतन्त्रमा नकारात्मक असर परेकाले वार्ता सम्भव भएको बताएका छन् ।

अमेरिकी अधिकारीले उत्तर कोरियाले वार्तपछि कुनै पनि आणविक कार्यक्रम स्थगित गरेमा मात्र वार्ताले सार्थकता पाउने औल्याएका छन् । तर, उत्तर कोरियाका नेताले वार्तामा कति लाभ लिन सक्छन भन्ने सबैको चासो बढेको छ । अमेरिकाका सबै राजनीतिक दलले ट्रम्प र किम जोन उनको वार्तालाई महत्वका साथ हेरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता र अमेरिकी राष्ट्रपतिको भेटभन्दा अगाडि नै आणविक कार्यक्रमलाई उत्तर कोरियाले स्थगन गरेर वार्ता सुरु गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

शनिबार आफ्ना समर्थकका माझ ट्रम्पले उत्तर कोरियाले शान्ति चाहेको बताएका थिए । उनले परमाणु कार्यक्रम रोक्ने विषयमा प्रगति नभए उत्तर कोरियासँगको वार्ता तत्काल छोड्दिने पनि बताएका थिए । आउँदो मे महिनामा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता हुने छ । तर समय र ठाउँ भने अझै खुलाइएको छैन । त्यसैले आउँदो मे मा हुने वार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकोप घोषणा

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले

SITENAME

लाओसमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी लाओस- लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर

SITENAME

राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला ट्रम्पले रुसको बचाउ गरे

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको