भारतले सन् २०२२ सम्म सौर्य उर्जाबाट एक सय गिगावाट विद्युत उत्पादन गर्ने ।

SITENAME

 भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन ९आइएसए० को उद्घाटन समारोहमा भन्नुभयो, ‘भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘हामीले अहिलेसम्म २० गिगावाट विद्युत सौर्य शक्तिबाट उत्पादन गर्न सफल भइसकेका छौँ । भारतमा अहिले परम्परागत स्रोतबाट विद्युत निकालिरहेको सन्दर्भमा थप विद्युत उत्पादनको स्रोत नवीकरणीय उर्जालाई बनाइनेछ ।’ 

सरकारले ‘सौर्य अध्ययन बत्ती योजना’ मार्फत ७० लाख विद्यार्थीलाई उज्यालोको पहँुच दिनेछ । ‘अटल ज्योति योजना’को उद्देश्य भारतीय सडकमा बत्तीको प्रवन्ध गर्नु भएको र यसलाई सौर्य उर्जाको सहायतामा सफल पार्ने उहाँको भनाए थियो ।  प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘यदि सौर्य शक्तिलाई प्रविधिका अन्य क्षेत्रमा पनि जोड्न सकियो भने यसबाट मुलुकको विद्युतको मागलाई थप परिणाममुखी बनाउन सकिनेछ ।’  भारत सरकारले २८ अर्ब एलइडी बल्ब बाँडेर गएको तीन वर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको धनराशी जोगाएको छ भने ४ गिगावाट विद्युत खपतलाई पनि बचाएको प्रधानमन्त्री मोदीले  जानकारी दिनुभयो । यसबाहेक यस योजनाले तीन करोड टन कार्बन डाईअक्साइड उत्सर्जन हुनबाट जोगाएको छ । 

भारतले विभिन्न १५ विकासोन्मुख मुलुकमा एक अर्ब चार करोड अमेरिकी डलर बराबरको २७ सौर्य योजना सञ्चालनमा ल्याउन लागेको पनि कार्यक्रममा बताइएको थियो । (रासस

प्रतिकृया दिनुहोस
SITENAME

उत्तर कोरियाका नेता र अमेरिकी राष्ट्रपतिको भेटवार्तामा सुरक्षाको त्रास ः

अमेरिकाका जासुसीका प्रमुखले अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा ठूलो चुनौति रहेको बताएका  छन् । ‘राष्ट्रपति ट्रम्प कुनै थ्रिएटरका लागि

SITENAME

क्युबामा संसद्का लागि मतदान, क्याष्ट्रो युग अन्त्यको सम्भावना ।

हवाना, । क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार मतदान सुरु भएको छ ।  आम निर्वाचनमा ६० वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो

SITENAME

चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला ।

बेइजिङ,  । चीनको नेसनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने गरी ल्याइएको संविधान संशोधनलाई