क्युबामा संसद्का लागि मतदान, क्याष्ट्रो युग अन्त्यको सम्भावना ।

SITENAME

हवाना, । क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार मतदान सुरु भएको छ । 
आम निर्वाचनमा ६० वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो परिवारको बहिर्गमन हुने भएकाले यो निर्वाचनलाई महत्वपूर्ण प्रक्रियाको रुपमा हेरिएको छ । 
आइतबार भएको निर्वाचनपछि बन्ने नयाँ राष्ट्रिय संसद्ले क्याष्ट्रो परिवारभन्दा बाहिरबाट नयाँ राष्ट्रपति चयन गर्नेछ ।

वर्तमान राष्ट्रपति ८६ वर्षीय राहुल क्याष्ट्रो आउँदो महिना राष्ट्रपति पदबाट बाहिरिने लगभग निश्चित भएको बताइएको छ । राहुलले सन् २००६ मा आफ्ना दाजु फिडेलमार्फत् राष्ट्रपति पदको जिम्मेवारी लिएका थिए । फिडेलले सन् १९५९ को विद्रोहदेखि देशको शासन सत्ताको नेतृत्वगर्दै आएका थिए । सन् २०१६ मा फिडेलको मृत्यु भएपछिको यो पहिलो आमनिर्वाचन भएकाले यसलाई वंश राजनीतिमा आउने परिवर्तनका रुपमा लिइएको छ ।

यस निर्वाचनबाट झण्डै ८० लाख क्युबाली जनताले नयाँ संसदको चयन गर्नेछन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवार क्युबाली कम्युनिष्ट पार्टी, वा ट्रेड युनियनको सदस्य बन्नुपर्ने छ । गतवर्ष निर्वाचन घोषणागर्दा राष्ट्रपति राहुल क्याष्ट्रोले भनेका थिए, ‘क्षमता र राष्ट्र निर्माणमा प्रतिबद्धता भएका उम्मेदवार छान्न म सबै नागरिकलाई आग्रह गर्दछु ।’
चुनावी मैदानमा उत्रिएका उम्मेदवारमध्ये झण्डै आधा अर्थात् ३२२ जना महिला उम्मेदवार रहेका छन् । (रासस र एएफपी)

प्रतिकृया दिनुहोस
SITENAME

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकोप घोषणा

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले

SITENAME

लाओसमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी लाओस- लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर

SITENAME

राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला ट्रम्पले रुसको बचाउ गरे

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको