चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला ।

SITENAME

बेइजिङ,  । चीनको नेसनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने गरी ल्याइएको संविधान संशोधनलाई अनुमोदन गरेको छ । उक्त संशोधनले राष्ट्रपति सी चिनफिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि अनिश्चितकालसम्म सत्तामा रहिरहने बाटो खुला गरिदिएको छ । चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो । राष्ट्रपति सीले आफ्ना सम्भावित उत्तराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।

त्यसको सट्टा उनले राजनीतिक शक्ति आफूमा केन्द्रीत गर्नुका साथै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए । त्यसबाट उनको हैसियत चिनियाँ कम्युनिष्ट पार्टीका नेता अध्यक्ष माओ चे तुङकै हैसियतमा पुगेको छ ।

राष्ट्रपति सीको दोस्रो कार्यकाल सन् २०२३ मा पूरा हुँदैछ । (एजेन्सी)

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकी राष्ट्रपति ट्रम्प आकस्मिक इराकको भ्रमणमा

रेडियो सुदूर आवाज   पुस १२, २०७५ बिहिबार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति

SITENAME

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकोप घोषणा

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले

SITENAME

लाओसमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी लाओस- लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर