आगामी आर्थिक वर्षको बजेट आज आउँदै

SITENAME

रेडियो सुदुर आवाज
१५ जेष्ठ २०७५, काठमाडौँ – सरकारले आज आगामि आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गर्दैछ । आज अर्थमन्त्री डा युवराज खतिवडाले अपरान्ह ४ बजे संघिय संसदमा बजेट सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । अहिलेसम्म बजेट कुन आकारको र के कस्ता विषयलाई प्राथमिकतामा राखेर आउनेबारे खुल्न सकेको छैन । तर संविधान कार्यान्वयनको चरणमा प्रदेश र स्थानीयतहलाई समेत समेटदै पहिलो पटक आउन लागेको बजेटमा धेरैको चासो छ । खास गरि सरकारले संकल्पका रुपमा अघि सारेको संवृद्ध नेपाल सुखी नेपाली नारालाई बजेट व्यवहारत कत्तिको सम्बोधन गर्छ र के कस्ता नयाँ कार्यक्रम ल्याउछ भन्नेमा धेरैको ध्यान केन्द्रित छ । सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले  एक भिडियो सन्देश जारी गर्दै सरकारको १०० दिनका अनुभव साट्ने क्रममा आउने आर्थिक वर्षदेखि संघिय प्रदेश र स्थानीय सरकारलाई सुस्पष्ट दिशानिर्देश गरिने बताउनु भएको छ । आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने योजना पुरा गर्न आवश्यक बजेट छुट्टयाइने प्रधानमन्त्रीको भनाइ छ ।

संघीयता कार्यान्वयन, पूर्वाधार विकास, गरिबी न्युनीकरण, रोजगार अभिवृद्धि, वित्तीय क्षमता सुधार, सार्वजनिक खर्च व्यवस्थापन, व्यापार घाटा न्युनीकरण र समाजिक विकासलाई मूल आधार बनाएर बजेट ल्याउने यस अघि नै सरकारका जिम्मेवार तथा शिर्ष नेताहरुले बताइसकेका छन् । झण्डै १६ खरब आकारको बजेट आउने अनुमान विभिन्न क्षेत्रबाट भैरहेको छ । एक साता अघि सरकारले सार्वजनिक गरेको निती तथा कार्यक्रमकै आधारमा बजेट आउने हुनाले वितरण मुखी भन्दा सत्ताको नेतृत्व गरेको नेकपाले भन्दै आएको समाजवाद उन्मुख बजेट आउने अनुमान धेरैको छ । सरकारले सत्ता सम्हालेको केही समयमै स्वेत पत्र जारी गर्दै देशको ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएको थियो । त्यसैले पनि सरकारले कर्मचारीको तलब बृद्धि देखि बृद्ध भत्ता वृद्धि गर्ने भन्दा पनि विकास निर्माण तथा सुशासन र रोजगारीको क्षेत्रलाई खास सम्बोधन गर्न सक्ने आकंलन गरिएको छ । जनसंख्याका आधारमा विपन्न गरिब बृद्ध अपांग अशक्त र गर्भवती महिला लक्षित बजेट आउने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल बताए ।

यता कर्मचारीको तलब बढ्ने नबढ्ने विषयले पनि चर्चा पाएको छ । यस पटक कर्मचारीको तलब बृद्धि नहुने अनुमानका बिच कर्मचारीका नेताहरुले दबाब दिँदै आएका छन् । यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार रिमालले अकंमा नभनेपनि कर्मचारीको तलब बृद्धि हुने बताउनुभएको छ । तलब बृद्धि सापेक्षित कुरा भएकाले कर्मचारीको थोरै धेरै तलब बृद्धि हुने भन्दै रिमालले प्रतिपक्षी देखि सामान्य नागरिक सम्म खुशी पार्नेगरि बजेट ल्याइने दाबी गर्नुभयो ।

सरकारले पुर्वाधार विकासलाई खास प्राथमिकतामा राखेको छ । रेलमार्ग देखि जलमार्ग सम्मका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक जोड दिदै आएकोले त्यसतर्फ यथेष्ट बजेट छुट्टिने देखिन्छ । व्यापार घाटा न्युनिकरण, आयातमा कडाइ गर्ने गरि बजेट आउने बताइएको छ । यस्तै सरकारले नीति तथा कार्यक्रममै ५ वर्ष भित्रै देशमा पर्याप्त रोजगारी सृजना गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने घोषणा गरेकाले त्यसतर्फपनि बजेट केन्द्रित हुने देखिन्छ । यस्तै कृषि, वन, पुननिर्माण, पर्यटन, खानेपानी र ऊर्जाका विभिन्न कार्यक्रम पनि बजेटले घोषणा गर्नेछ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा नीतिगत तथा संरचनात्मक सुधारका लागि पनि बजेट बोल्ने अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस
SITENAME

पल्सर १५० ट्विन्स डिस्क डडेल्धुरा बजारमा पनि

रेडियो सुदूर आवाज मंगलबार साउन २९, २०७५ डडेल्धुरा- बजाज कम्पनीले बजारमा ल्याएको नयाँ मोटर साईकिल पल्सर १५० ट्न्सि डिस्क डडेल्धुराको बजारमा पनि लञ्च

SITENAME

रियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्योरियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्यो

काठमाडौं, – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै,

SITENAME

बैंकको विकल्पमा सहकारी

कालिकोट, – पलाँता गाउँपालिकामा इमेल तथा इन्टरनेटको अभावमा बैंक नपुगेपछि सहकारी संस्थाले वित्तिय कारोबार गर्ने भएको छ । हिमचुली कृषि सहकारी