आर्सनल र टोटनह्याम हट्सपर विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै ।

SITENAME

काठमाडौं,  इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४-१ ले हरायो । टोटनह्यामका लागि हिउङ मिन सनले दुई गोल गर्दा डेले अली र सर्जी औरीएरले एक एक गोल थपे । बर्नमाउथका जुनियर स्टानिस्लासले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० ले हरायो ।

आर्सनलका लागि खोद्रान मुस्ताफी, पिएरे एमरिक औबामायङ्ग र हेन्रीक कख्तरीयानले एक–एक गोल गरे । प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग खेल्नेछ । लिगको अंक तालिकामा २९ खेलबाट ७८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको म्यानचेस्टर युनाईटेड ६५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ ।

६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी जुरिच – फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको

SITENAME

राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरे

रेडियो सुदूर आवाज बुधबार साउन २,२०७५ काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको

SITENAME

जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानको अग्रता

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  – जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानले २ शून्यको अग्रता लिएको छ । दोश्रो खेलमा ९ विकेटको