स्थानीय तहमा सरकार आए सँगै समबृद्धिको विकास खोज्दै डोटीको पुर्वीचौकी गाउँपालीका

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा

दिपेन्द्र अबस्थी, जेठ १२, २०७५  डोटी – देशमा स्थानीय सरकार आएको करिब एक बर्ष हुनै लाग्दा सरकारका काम कारबाहिका बारे हरेक ठाउँमा चियोचर्चाहरु हुन थालेका छन ।

जनताहरुले समबृद्धि पाउने आशामा र राज्यले पनि समबृद्धि नै दिने सर्तमा तयार पारीएको स्थानीय सरकार भने यतिबेला विकासको होडबाजीमा चलिरहेको छ । बिगत देखि नै राज्यको बिकास भन्दा पछाडि परेको डोटीको पुर्वीचौकी गाउँपालीका भने पछिल्लो अवस्थामा समबृद्धि खोज्दै र समबृद्धि विकास गर्दै हिडिरहेको पुर्बि चौकी गाउँपालीकाका अध्यक्ष दिर्घराज बोकटीले बताए । साबिकका ७ वटा गाबिस बाट बनेको हालको पुर्र्वीचौकी गाउँपालीका सँग सम्भावना र चुनौतीहरु दुबै छन ।

संसारको भु–स्वर्ग भनेर चिनिने खप्तड राष्ट्रिय निकुञ्जको बिकासको समेत पुर्वीचौकी गाउँपालीकाले जिम्मेबारी पाएकोछ । एच।आईभी एडस, बालबिवाह, छुवाछुत, विभेद र युवापुस्ता बिहिन समुदाय जस्ता विभिन्न अबरोधका बिच गाउँपालीका लाई उज्यालो बनाउने देखि महत्वपुर्ण काम गरिरहेको र महत्वपुर्णकार्य योजना रहेको अध्यक्ष बोकटीको भनाई छ ।


सिमान्तकृत कुमाल तथा बादी समुदायको बसोबास रहेको यस क्षेत्रमा यस आर्थीक वर्षमा जलश्रोतको बहुउपयोग, गन्डीगाड हाईड्रोपावरको निमार्ण, एक घर एक धारा र ब्यबस्थीत बसोबास रहेको गाउँपालीकाको भनाईछ । प्राकृतिकरुपले भु–स्वर्गको समीपमा रहेको यो क्षेत्र साँस्कृतिक रुपले पनि विविध र त्यतीकै सुन्दर छ । पुर्वीचौकीको पहिरन, भुवापुतला, हुड्के जस्ता संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रमा होमस्टेहरु संचालनमा ल्याउने तयारी गाउँपालीकाको रहेकोछ ।

ईतिहासकाल खण्डमा घना बस्तीका रुपले परिचित र न्यायीकरुपले गाँैडाका रुपले मानिने डोटीको पुर्वीचौकी गाउँपालीका सँग  समबृद्धि गाउँपालीका निमार्णका लागी प्रशस्त आधारहरु रहेका छन ।

यो पनी पढनुहोस
डोटीको पर्वीचौकी गाउँपालीकाका विभिन्न बिषय बस्तुहरु रेकर्ड गर्न रेडियो सुदुर आवाजका स्टेशन म्यानेजर राम खत्री (रेसब) सहित कार्यक्रम प्रस्तोता दिपेन्द्र अबस्थी लाई गाउँपालीकाको समबृद्धिका शन्दर्भमा उत्कृष्ट रिपोटिङ्ग गरेका कारण दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


सथै पुर्वीचौकी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद नगरकोटी सँग गरिएको समसामयीक कुराकानी आउँदो साता रेडियो सुदुर आवाजको कार्यक्रम सुदुर सरोकार मार्फत सुन्न सक्नु हुनेछ ।