बिधान संसोधान अनुमोदन गदै नेपाल पेट्रोलियम डिलर्सको ४० औँ साधारण सभा डडेल्धुरामा सम्पन्न

SITENAME

रेडियो सुदूर आवाज पुष्कर भण्डारी
जेठ १२ डडेल्धुरा
विधानलाई संघिय संरचना अनुसार संसोधन गर्ने निणर्य अनुमोदन गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४० औँ बार्षिक साधारण सभा डडेल्धुरामा समपन्न भएको छ । शुक्रबार उद्घाटन गरिएको साधारण सभामा महा सचिव विश्वप्रशाद अर्यालले प्रस्तुत गरेको प्रतिवेदनमा समावेस गरिएका शिर्षकलाई अनुमोदन गर्दै शनिबार सभा सम्पन्न भएको केन्द्रिय सचिव टेकराज जोशीले बताए । विभिन्न जिल्लाहरुमा बार्षिक साधारण सभा गर्दै आएको एसोसियसनले यस पटक यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी डडेल्धुरामा केन्द्रिय बार्षिक साधारण सभा गरिएको उनको भनाई छ । 
नेपाल पेट्रोलियम पदार्थको समपुर्ण आयातमा भारत संग मात्र भर परे पनि पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय मुल्य र आपुर्तीमा हुने उतार चढाव बाट सधै प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ । विश्व भरी नै बातावरणिय दुष्प्रभावको लागी पेट्रलियम पदार्थलाई नै मुख्य जीम्मेवारी ठह¥याईए पछि पेट्रोलियम पदार्थको प्रयोग कम गर्ने रणनिती विश्वले अनुसरण गर्दै आएको भए पनि विश्व व्यापी रुपमा यसको प्रयोग दिन प्रतिदिन बढ्दै गई रहेको उल्लेख गर्दै प्रतिवेदनमा यसको वैकल्पिक उपायका लागी नविकरणिय उर्जा भनिए पनि नेपालको आर्थिक विकास सरकारी र गैर सरकारी सबै निकायको लक्ष्य बनेको बेला सडकको विस्तार र यसको प्रयोगका लागी पेट्रोलियम पदार्थ बाहेक नेपालमा अर्काे कुनै विकल्प नरहेको भनिएको छ । 
प्रतिवेदनमा भण्डारण क्षमता, परिणाम लस, बिक्रेता नियुक्ति तथा कमिशन, कार्य समिती बैठक, मार्गस्थ दुर्घटना बिमा, एसोसियसनको गतिबिधी, संलग्नता र आवश्यकता, जग्गा खरिद र कार्यालय सञ्चालन गरी प्रतिवेदनमा समावेस शिर्षकहरुको अनुमोदन गरिएको कार्यकारी सचिव नारद प्रशाद भण्डारीले बताए । संघियतामा जाँदा सिंगो राष्ट्र चुनावमय भएकाले केही समयको ढिलाई पछि साधारण सभा भएको उनको भनाई छ । अबका दिन संघिय संरचना अनुसार एसोसियसनलाई लैजान पनि छलफल भएको उनले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला

SITENAME

अमरगढी नगरपालिका सरसफाईमा जोड

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – अमरगढी नगरपालिकाले सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रको सरसफाईमा जोड दिएको छ ।

SITENAME

दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना

रेडियो सुदूर आवाज असोज ३०, २०७५ डडेल्धुरा – दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना गरिएको छ । हिन्दु