सिट पास भन्दा बढी यात्रु बोक्दै डडेल्धुराका सडकमा जिप

SITENAME


रेडियो सुदूर आवाज 
पुष्कर भण्डारी
डडेल्धुरा जेठ १२, २०७५ 
डडेल्धुरामा संचालनमा रहेका सार्वजनिक यातायातका जिपहरुले सिट पास भन्दा बढी यात्रु बोक्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले पाँच जना यात्रु मात्रै बोक्ने अनुमती दिएको भए पनि डडेल्धुरामा संचालनमा विभिन्न कम्पनीका जिपहरुले क्षमता भन्दा चार गुना बढी यात्रु बोक्ने गरेका छन ।
जिल्लाको ग्रामिण सडक र डडेल्धुरा बाट डोटीको दिपायल, पोखरा बजार, अनारखोली, भातकाँडा लगायतका स्थानमा संचालनमा रहेका अधिकांस जिपहरु पाँच सिट क्षमताको पास गरिएको भए पनि क्षमता भन्दा चार गुना बढी यात्रु संगै मालसामान बोक्ने गरेका छन् ।
उग्रतारा सार्वजनिक यातातामा दर्ता भई बर्षाै देखि सिट पास भन्दा बढी यात्रु बोकेर जिप गाडी ग्रामिण सडकमा संचालन हुँदा दुर्घटनाको जोखिम बढेको छ । बर्षाै देखि क्षमता बढी यात्रु संगै मालसामान ओसार पसार हुदै आए पनि नियमन निकाय प्रशासन, ट्राफिक प्रहरी मुकदर्सैक बनेका छन । यातायात व्यवस्था कार्यालयले दिएको अनुमती भन्दा बढी यात्रु बोकेको बारेमा अनुगमन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुरालाई पत्राचार गरि सकेको सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताए ।  
यातायात व्यवस्था कार्यालयले दिएको अनुमती भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको छ । सिट क्षमता भन्दा बढी यात्रु बोके नबोकेको बारेमा अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले अनुगन नगर्दा क्षमता भन्दा बढी यात्रु बोक्ने जिपहरुलाई सहज भएको आम सर्वसाधारणको भनाई छ । डडेल्धुरामा करिब दुई सय भन्दा बढी पाँच सिट क्षमता पास भएका सार्वजनिक जिप संचालनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

पुष्कर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भईरहेको छ । सामुदायिक वनका पदाधिकारी,  खोटो

महिला हिंसा विरुद्ध प्राज्ञिक बिद्यार्थी परिषदको ¥याली

दिपेन्द्र अवस्थी आईतबार साउन २७, २०७५ डडेल्धुरा- महिला माथि श्रङ्खलाबद्ध तथा सुनियोजीत तवर बाट भईरहेका बिभिन्न हत्या तथा हिंसाको विरोधमा ¥याली

SITENAME

युवा लाई उत्पादन मुखि बनाउन तर्फ जोड

रेडियो सुदूर आवाज आईतबार साउन २७, २०७५ डडेल्धुरा- युवाहरु लाई उत्पादन मुखी बनाउन तर्फ जोड दिईएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा अमरगढी