मकालु एयरको विमान दुर्घटना  हुँदा दुवै चालकको ज्यान गयो

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
सुर्खेत, जेठ २ – मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना हुँदा दुईजना चालकको ज्यान गएको छ । 

सुर्खेतबाट सामान बोकेर हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक किरण भट्टराई  र सहचालक आदित्य नेपालीको ज्यान गएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

अहिले एकजनाको शव निकालिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । 

विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाए

 हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना भएको छ । बिहानैदेखि सम्पर्कविहीन भएको विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाएका थिए ।

विमान दुर्घटना भएको खार्पुनाथको एक्लाभुजाचौरमा रहेका लामा रावलले आफूहरुले विमान खसेको देखेपछि सिडियो कार्यालयमा खबर गरेको जानकारी दिनुभयो । खबर आएपछि हेलिकोप्टरबाट प्रहरी र उद्धारकर्मीलाई घटनास्थलमा पुर्‍याइएकाे थियो ।

विमानमा रहेका दुवै चालकको ज्यान गएको छ । विमान तीन टुक्रा भएको रावलले जानकारी दिनुभएको छ । विमान पहाडमा ठोकिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी छ । - उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

पुष्कर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भईरहेको छ । सामुदायिक वनका पदाधिकारी,  खोटो

महिला हिंसा विरुद्ध प्राज्ञिक बिद्यार्थी परिषदको ¥याली

दिपेन्द्र अवस्थी आईतबार साउन २७, २०७५ डडेल्धुरा- महिला माथि श्रङ्खलाबद्ध तथा सुनियोजीत तवर बाट भईरहेका बिभिन्न हत्या तथा हिंसाको विरोधमा ¥याली

SITENAME

युवा लाई उत्पादन मुखि बनाउन तर्फ जोड

रेडियो सुदूर आवाज आईतबार साउन २७, २०७५ डडेल्धुरा- युवाहरु लाई उत्पादन मुखी बनाउन तर्फ जोड दिईएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा अमरगढी