मकालु एयरको विमान दुर्घटना  हुँदा दुवै चालकको ज्यान गयो

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
सुर्खेत, जेठ २ – मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना हुँदा दुईजना चालकको ज्यान गएको छ । 

सुर्खेतबाट सामान बोकेर हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक किरण भट्टराई  र सहचालक आदित्य नेपालीको ज्यान गएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

अहिले एकजनाको शव निकालिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । 

विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाए

 हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना भएको छ । बिहानैदेखि सम्पर्कविहीन भएको विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाएका थिए ।

विमान दुर्घटना भएको खार्पुनाथको एक्लाभुजाचौरमा रहेका लामा रावलले आफूहरुले विमान खसेको देखेपछि सिडियो कार्यालयमा खबर गरेको जानकारी दिनुभयो । खबर आएपछि हेलिकोप्टरबाट प्रहरी र उद्धारकर्मीलाई घटनास्थलमा पुर्‍याइएकाे थियो ।

विमानमा रहेका दुवै चालकको ज्यान गएको छ । विमान तीन टुक्रा भएको रावलले जानकारी दिनुभएको छ । विमान पहाडमा ठोकिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी छ । - उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

भागेश्वर गाउपालिकाले हजार दिनका ६ सय बढी आमा लाई कुखुरा वितरण ग¥यो

धनबहादुर भण्डारी बुधबार साउन २, २०७५ डडेल्धुरा- भागेश्वर गाउपालिकाले हजार दिनका ६ सय १२ सुत्केरी र गर्भवती आमाहरुलाई कुखुराका चल्ला विरण गरेको छ ।

SITENAME

पहाडी जिल्लाको सबै भन्दा ठुलो ताल आलितालमा डुंगा सरर

पुष्कर भण्डारी बुधबार साउन २, २०७५ डडेल्धुरा- सात नं. प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा ठुलो ताल आलितामा पहिलो पटक डुंगा सञ्चालन गरिएको छ ।

SITENAME

रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर ठगी गरेको आरोपमा प्रहरीको फन्दामा

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५ अछाम  – अछाम रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद (भाष्कर) ठगी आरोपमा काठमाडौंबाट प्रहरीको