व्यवसायिक रुपमा बजार पाउदै काफल

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
पुष्कर भण्डारी, जेठ २, डडेल्धुरा – मध्यपहाडी क्षेत्रका वन जंगलमा यस मौसमा पाईने फल काफलले पछिल्लो समय व्यवसायिक रुपमा बजार पाउने गरेको छ । काफलको स्वाद मन पारउदैन भन्ने सायदै भएर होला यति बेला सडक छेउ देखि बजारमा काफलले राम्रो बजार पाउने गरेको छ ।

डडेल्धुरा लगायतका पहाडी जिल्लाका सडक छेउमा आजभोली बालवालिका देखि बृद्ध बृद्धा समेत हातमा काफल लिई ग्राहाकलाई पर्खेका देखिन्छन । यहा काफल प्रसस्तै पाईने भएकाले पनि बिहान देखि साँझ पख सम्म काफल टिपेर स्थानिय सडक छेउमा बिक्रिका लागी बसेका देखिन्छन । काफल नपाईने स्थानकाहरु पनि हातमा काफल टिप्ने भाडो लिई टाढा टाढाको वन जंगलमा गई काफल खाँदै टिपेर घरमा पनि ल्याउने गरेका छन ।  वन जंगलमा फल्ने र त्यतिकै खेर जाने काफल बजार सम्म पु¥याई स्थानियले आजभोली आमदानिको राम्रो स्रोत बनाएका छन । सात नं. प्रदेशका नौ वटा जिल्ला जोड्ने भिमदत्त राजमार्ग छेउमा काफल बेच्दै गरेकाहरले थाल वा प्लेटमा राखेको काफलको मुल्य एक सय रुपैया भन्ने गरेका छन । बजारमा अहिले काफल दुई सय रुपैया सम्म प्रतिकिलोग्राम पर्ने गरेको पाईन्छ । सडक छेउमा काफल बेच्न बसेकाहरु बाट तराई पहाड आउने जानेले काफल लिने गरेको देखिन्छ ।


सदरमुकाम डडेल्धुरामा अंग्रेजी बिषयबाट १२ कक्षाको परिक्षा दिएर बिदाको समयमा घर पुगेकी सुनिता मल्लले काफल बेच्दै गर्दा भनिन्, बारीमा टन्ने काफल छ, टिपेर ल्याए, खर्च चल्छ नि आफ्नो । भिमदत्त राजमार्ग छेउमा डोटीको जोरायल गाउपालिका १ घोरडी गाउमा उनको घर छ । सबै काफल बेच्छन, उनले भनिन, अहिले सबैले काफल बेचर आफ्नो खर्च चलाउने गरेका छन ।