सडक छेउमा ढुंगा निकाल्ने क्रम बढ्दो

रेडियो सुदुर आवाज डडेल्धुरा
पुष्कर भण्डारी, जेठ २, डडेल्धुरा – डेल्धुराका ग्रामिण सडक छेउ छाउमा अवैध रुपमा ढुंगा निकाल्ने क्रम बढेको छ ।

सडक छेउ छाउ बाट ढुंगा, गिट्टी, बालुवा निकाल्न नपाईने भए पनि डडेल्धुराका अधिकांस ग्रामिण सडकमा ढुंगा निकाल्ने क्रम बढेको देखिन्छ । भिमदत्त राजमार्ग देखि ग्रामिण सडक छेउ छाउ बाट निर्वाध रुपमा ढुंगा, गिट्ट, वालुवा उत्सखन्न कार्य रोकिन सकेको छैन । भागेश्वर गाउँपालिकाको बगरकोट–शिराड सडकका विभिन्न स्थानमा निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीहरुले नै अवैध रुपमा ढुंगा निकाली रहेका छन् ।  


उक्त सडकमा ढुंगा निकाल्ने क्रम बढे संगै सडकमा यातायात संचालन देखी पैदल हिड्ने यात्रुहरुलाई समेत सास्ती हुने गरेको स्थानिय बासीन्दाको भनाई छ । जिल्लामा ग्रामिण सडकको विस्तार हुनु र भौतिक संरचना निर्माणको क्रम बढे संगै सडक छेउ बाट ढुंगा निकाल्नेको संख्यामा बृद्धि भएको छ ।


गाउँपालिका भित्र प्राकृतिक सम्पदाको अवैध रुपमा भईरहेको उत्खनन रोक्नका लागि सरोकारवाला निकायलाई पत्राचार गरिसकेको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले वताए । सडक छेउ बाट कुनै वस्तु उत्खन्न गर्न नपाउने प्राबधान सर्बबिबिधै छ, उनले भने, तर पनि बिभिन्न बाहाना र आडमा निर्माण व्यवसायी तथा स्थानियहरुले यो कार्य रोकेका छैन्न । सरोकारवाला निकाय सकैलाई हामिले खबर गरि सकेका छौ हेरौ यसको निकास अवश्य निस्कन्छ । नभए यस कार्यले अरु लाई भन्दा पनि स्थानिय लाई नै बढी समस्या निम्त्याउने छ ।
  
 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने