पाटन विमान स्थल तत्काल कालो पत्रे हुने ; नगर प्रमुख चन्द

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
बैतडी, बैशाख २९ – बैतडीको पाटन नगरपालीकामा रहेको  एर्यपोट लामो समय देखि बन्द रहेको छ । सरकारले वास्ता नगर्दा अहिले सम्म पनि सञ्चान हुन सकेको छैन । पाटन नगर पालीकाका प्रमुख केशब चन्दले विमान स्थल अब छिट्टै सञ्चालन हुने बताउन भयो ।

प्रमुख चन्दका अनुसार आफु नगर प्रमुख भएको एक वर्षमा एर्यपोटको काम ५० प्रतिशत सम्पन्न भएको बताउन भयो । विमान स्थल कालो पत्रे गर्ने कामको ठेका भैसकेकाले विमान स्थल कालो पत्रे गर्ने काम तत्काल सुचारु हुने प्रमुख चन्दले बताएका छन् ।


विमान स्थलको काम तिव्र गतिमा चलिरहेकाले अर्को वर्ष देखि हावाई सेवा सञ्चालन गर्ने लक्ष्यरहेको प्रमुख चन्दको भर्नाइ छ । प्रविधीक समस्या आई परे मात्र केहि समय पर सर्न सक्ने नत्र अर्को वर्ष बाट सञ्चालन हुने बताए ।


पाटन विमान स्थल सञ्चालन भए दार्चुला, बैतडी, बझाङ लगायत डडेल्धुराका बासिन्दा पनि लाभान्वीत हुने छन । हवाई सेवा सञ्चालन गर्न सके प्राकृतिक सम्पदाले भरिपुर्ण पाटन क्षेत्र लाई पर्यटकीय क्षेत्र बन्ने नगर प्रमुख चन्दले बताउन भएको छ ।


त्यस्तै स्थानीय तहकाका अधिकारहरु स्पष्ट नभएकोले आफुहरु अन्यौलमा रहेको भए पनि पाटन नगरपालीकाको समवृद्र्ध विकासका काम गरिरहेको प्रमुख चन्दको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

कारागारमा रहेकी युवतीबाट शिशुको जन्म

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ झापा - जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख

SITENAME

सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौ बुँदे सहमति

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ काठमाडौं - सरकार र अनशनरत डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौबुँदे सहमति भएको छ ।

SITENAME

पश्चिम सेतीमा थ्री गर्जेजको लगानी अन्योल 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ काठमाडौं -सरकारले ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्री