सदरमुकाम तुफानडाडा क्षेत्रमा सडक चौडा पारी कालो पत्रे गरिदै

SITENAME

रेडियो सुदुर आवाज
पुष्कर भण्डारी, डडेल्धुरा, बैशाख २९ – डडेल्धुरा सदरमुकाममा सडक फराकिलो पारी कालो पत्रे गर्ने काम सुचारु भएको छ । सदरमुकाम तुफानडाँडा देखि उत्तर तर्फको डडेल्धुरा–बैतडी सडकको तिन मिटर चौडा पारी कालो पत्रे गर्ने काम सुचारु भएको हो । सदरमुकाम बागबजार–तुफानडाँडा सडक क्षेत्र चौडा पारी कालो पत्रे गर्ने भनिए पनि बागबजार क्षेत्रमा साँघुरो सडक हुनुका साथै स्थानिय व्यपारीहरुका घरहरु भएकाले खुल्ला सडक क्षेत्रमा तिन मिटर कालो पत्रे गरिन लागिएको हो । बागबजार क्षेत्रमा सडक छेउमै व्यपार र व्यापारीका घरहरु हटाउन नमाने पछि सडक चौडा पार्ने काम हुन सकेको छैन ।


सडक डिभिजन कार्यालय कुलपाते डोटीको पावर बजेटमा गत बर्ष नै सडक चौडा पारी कालो पत्रे गर्ने भनिए पनि एक बर्ष पछि काम सुचारु भएको छ । एक करोड बजेटमा १३ सय मिटर सडक तिन मिटर चौडा पारी कालो पत्रे गर्ने गरी निर्माण कम्पनी कालिका कन्ट्रक्सनको ठेक्का सदर भएको सडक डिभिजन कार्यालयका ईञ्जिनयर महानन्द जोशीले बताए । यातायात तथा भौतिक पुर्वाधार मन्त्रि रमेश लेखकका पालामा गत बर्ष असार भित्र नै काम सकाउने गरी पावर बजेट आए पनि रकम बिनियोजनमा ढिलाई र बर्षातका कारण गत बर्ष काम हुन सकेन, उनले भने, चिसोयाम सकिए संगै जेठ मसान्त भित्रै काम सकाउने गरी अहिले निर्माण कम्पनीले काम थालेको छ ।


तुफानडाँडा चोक देखि उत्तर तर्फको डडेल्धुरा–बैतडी सडक खण्डको १३ सय मिटर सडक तिन मिटर चौडा पारी आवश्यक मापदण्ड पु¥याई कालो पत्रे गरिन लागेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका ईञ्जिनियर बिर बहादुर भाटले बताए । एक करोड बराबरको बजेट भए पनि २७ प्रतिशत बेलोमा काम सदर भएको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने